बिहिबार, बैशाख २०, २०८१

सभापति भेलामा सबल नेतृत्वको लागि काँग्रेस युवा नेताहरूको जोड

 काठमाडौ असार ६,   हेटौडामा जारी नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको भेलामा सहभागी नेताहरूले मुलकमा बढ्दो वाम सरकारको प्रभावको रणनितीकरुपमा सामाना गर्न प्रतिपक्षको भूमिका सशक्त हुनुपर्नेमा जोड दिदै यसको लागि सवल नेतृत्वको आवश्यक रहेको बताएका छन ।  भेलामा यस्तो धारणा अभिव्यक्त गर्ने नेताहरूमा क्रमस काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादव रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँहरुले अवका दिनमा हिजोको जस्तो काँग्रेस नभइ जनताको मर्म बुझ्ने जनकाँग्रेसको रुपमा पार्टीलाइ रुपान्तरित गर्नु आवश्यक रहेको र यसको लागि महासमिति बैठक बस्नुको विकल्प नभएको जिकिर गर्दै महासमिति बैठकको उपादेयता प्रस्तुत गर्नुभएको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै काँग्रेसको शोच आफैमा प्रभाबकारी हुँदा पनि सम्पन्न तीन तहको निर्वाचनमा पराजित हुनु यसको उदाहरण भएको नेताहरुको जिकिर सहित तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने सुझाव दिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।