बिहिबार, बैशाख २०, २०८१

चिनियाँ राष्ट्रपतिद्दारा एक असल छिमेकीका रुपमा नेपाललाइ सबै प्रकारको सहयोग उपलब्ध गराउँने उद्घोष

  काठमाडौं असार ६,  छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गर्नु भएको शिष्टाचार भेटवार्ताको क्रममा नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको समाचार माध्यमहरुले जनाएको छ ।

त्यस अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीलाइ राष्ट्रपति सीले एक असल छिमेकीका रुपमा सम्मान गर्दै नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको जिकिर गर्दै चीनले गरेको आर्थिक र प्राविधिक सहयोगबाट नेपालले अपेक्षितरुपमा लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताउनुभएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।