शुक्रबार, बैशाख २१, २०८१

महासंघ उपत्यका प्रदेशको महासचिवमा झा निर्वाचित

नेपाल प्रेस युनियन,  प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनका उम्मेदवार पराजित

 काठमाडौं बैशाख २२ ,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको लागि भएको  ऐतिहासिक पहिलो निर्वाचनबाट महासचिवमा श्रीजन झा निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनका उम्मेदवार प्रकाश चन्द्र दाहाललाइ झाले २२६ मतान्तरमा अर्थात  ३९६ मत प्राप्त गरी पराजित गर्नुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी  दाहालले १७० मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै समावेसी सचिवमा भने गठबन्घनका उम्मेदवार अमर भुजु निर्वाचित भएका छन । भुजुले ३२३ मत ल्याएर विजयी भएका हुन् उनका प्रतिस्पर्धी जगत प्रजापतिले २४२ मत प्राप्त गरेका थिए । अध्यक्ष लगायतका अन्य पदाधिकारी यस अघिनै निर्विरोध निर्वाचित भएपछि यी दुई पदको लागि मात्र आज निर्वाचन भएको हो । महासचिवमा निर्वाचित झा यस www.kantipurhotline.com का सम्पादक हुनुहुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।