शनिबार, बैशाख २२, २०८१

आन्दोलनरत विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा तालाबन्दी

भक्तपुर वैशाख २०,  निजी विद्यालयले शुल्क मापदण्ड निर्देशिका २०७२ विपरित असुल्दै आएको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले आज शिक्षा विभागका महानिर्देशक बावुराम दाहालको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विभागले निजी विद्यालयले चर्को शुल्क असुल्दै गरेको यर्थाथता जानकारी गराउँदा पनि विभाग मौन बसेको भन्दै विद्यार्थी संगठन तालाबन्दी गर्न बाध्य भएको जनाएको छ । आन्दोलनरत विद्यार्थी संगठनले बुधवार प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।