बिहिबार, बैशाख १३, २०८१

निजि बिद्यालयमा भातृ सगठनको हस्तक्षेप गलत : सम्बाहाम्फे

भक्तपुर बैशाख २०,   प्यावसनका केन्दीय अध्यक्ष बिजय सम्वाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसंगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताउनु भएको छ ।  रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी बिद्यालयमा तालबन्दी गरिएको छ त्यो गलत भएको र सरकारले समेत यता ध्यान दिन नसक्नु समस्या समाधानको बाटो नभएको उहाँको जिकिर रहेको थियो ।
हरेक शैक्षिक सत्रसँगै उठान हुने शुल्क बिषयले यो बर्ष समेत समाधानको पाटो पाउनु नसक्नु दुःखद् रहेको भन्दै उहाँले बिगतमा जस्तो अस्थिर सरकार नभएर स्थिर सरकारले समेत यो समस्या समाधानको बाटो खोज्ने तर्फ लाग्न नसकेको दुःखद भएको बताउनु भयो ।
उहाँले निजि बिद्यालय सरकारको सहयोगी  माध्यमको रुपमा काम गरिरहेको र देशमा संघिय शिक्षाको बहस उठिरहेका बेला सरकारले निजि क्षेत्रका समस्यालाई अध्ययन गरि गलतलाई कारवाही र ठिकलाई प्रोत्साहन गर्नु सक्नु पर्ने बताउँदै सरकारले चाहेका खण्डमा निजि बिद्यालय बन्द गर्न सक्ने र त्यसलाई निजि बिद्यालयले समेत सहयोग गर्ने बताउँदै निजि बिद्यालयले पु-याईरहेको योगदानका बारे समेत सम्बन्धित क्षेत्र जानकार बन्न सक्नु पर्ने बताउनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।