आइतवार, बैशाख २३, २०८१

वाम एकता संयोजन समितिको बैठक : वैशाख ९ गते एकता घोषणाको लागि तयारी गर्ने निर्णय

काठमाडौं चैत २२ , एमाले र माओवादी केन्द्रको एकताको लागि आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै यसको लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सम्पन्न बैठकको पेश भएको सांगठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि भएको छलफल पछि प्रस्तुत निर्णय गरिएको हो ।

 समाचार स्रोतका अनुसार प्रधानमन्त्री एवम एमालेका अध्यक्ष केपी ओली भारत भ्रमणबाट फर्केलगत्तै बस्ने संयोजन समितिको बैठकपछि यसवीचमा नमिलेको विषयलाइ सम्बोधन गर्ने गरि पार्टीगत तयारी गर्ने सहमतिविन्दु पहिल्याएको उल्लेख गरिएको छ ।  स्मरण रहोस दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषयमा अझै सहमति बन्न सकेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।