बिहिबार, बैशाख २०, २०८१

प्रकाशित वा प्रशारीत समाचारका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौं पुस  १३,  प्रेस काउन्सिल नेपालले केहि दिन यता महानगरीय प्रहरी परिसर काठमाडौले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले बुधवार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमबाट प्रकाशित समाचारका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर्दै प्रकाशित वा प्रशारीत कुनैपनि समाचारमा आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने उल्लेख गर्नु भएको छ ।

त्यस्तै कुनै आमसञ्चारमाध्यमबाट सम्प्रेषित समाचार तथा समाचार–सामग्रीका सम्बन्धमा केही जानकारी नै लिनुपर्ने मुनासिब कारण भएमा प्रेस काउन्सिल नेपालसँग समन्वय गर्न सकिने जनाउँदै समाचार सामग्रीका सम्बन्धमा कुनै गुनासो, प्रतिक्रिया, जिज्ञासा रहेमा वा सो सम्बन्धमा कुनै जानकारी लिनुपर्ने भएमा काउन्सिलसँग समन्वय गर्नु/गराउनुहुन विभिन्न पक्षसँग प्रेस काउन्सिल नेपालले अपील गरेको छ ।

स्मरण रहोस, तत्कालिन प्र.ना.म.नि.  नवराज सिलवालको सक्कली र नक्कली भनिएको  २०७२।०७३ को का.स.मू. कागजात र सो को प्राप्तिको  श्रोत समेत खुलाई उपलव्ध गराई अनुसन्धान कार्यमा सहयोग गरीदिन हुन  भन्दै  प्रहरी परिसरले काठमाडौमा सञ्चालित अनलाइनलाई   पत्र काटेपछि  आमसञ्चारजगतमा  चल्दै गरेको  तीब्र बहसका वीच   काउन्सिलले    समाचार स्रोतको संरक्षण गर्ने अधिकार पत्रकार र सञ्चारमाध्यमको दायित्व हुने उल्लेख गर्दै यस्तो आग्रह गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930