बिहिबार, बैशाख २०, २०८१

राजधानीमा ३ दिने नमुना संयुक्त राष्ट्र संघसभाको शुभारम्भ

  काठमाडौ पुस १३ , राजधानीमा आजबाट नेपाल, भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका १३ देखि २० बर्षसम्मका ४ सय जना विद्यार्थीहको सहभागितामा दीगो विकास लक्ष नमुना राष्ट्र संघको अवधारण सहित बुढानिलकन्ठ–१० स्थित रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्र संघ सभाको सुभारम्भ गरिएको छ ।

सभाको मुलत लक्ष्य भनेको विभिन्न विद्यालय र कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी दिदै संयुक्त राष्ट्र संघमा विभिन्न देशबाट प्रतिनिधित्व गरेर सहभागी हुने प्रतिनिधीहरुले अन्तरदेशिय समस्याको उठान र त्यसको निकारणको उपाय तथा एजेन्दागत छलफलको तौरतरिकाको सवालमा परामर्स दिइनु रहेको कार्यक्रममा जानकारी दिईएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट ३ सय ५०  र भारत, बंगलादेश, थाइल्याण्डका ५० भन्दा बढि विधार्थीहरुको सहभागीता रहेको उक्त सभामा बंगलादेश, भारत र संयुक्त अधिराज्यलगायतका मुलुकका २० भन्दा बढी प्रशिक्षकले सहजिकरण गर्ने बताईएको छ ।

 त्यस्तै  सभाको उद्घाटन सत्रको शुभारम्भ नेपालका लागि बंगलादेशका राजदुतावासका हेड  काउन्सिलर मोहम्बम अल अलामुल इमाम र रिलायन्स इन्टरनेश्नल एकेडेमीका अध्यक्ष रविन्द्रजंग थापाले संयुक्त रुपमा गर्नु भएको    प्रस्तुत   कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्न मद्दत गर्नुको अलावा अन्तरदेशिय संस्कृतिको जानकारीको साथै मैत्रीपूर्ण वातावरणमा विश्व समस्याको पहिचान र समfधानको बारेमा कलात्मक ढंगले खोजी गर्ने कलाको समेत पहिचान विस्वास  लिईएको  छ ।

त्यस्तैगरि कार्यक्रममा प्याब्सन नेपालका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीले संयुक्त राष्ट्र संघको महासभामा सिकाइएका कुराले नेपालको अबको विकासमा टेवा पुग्ने विस्वास व्यक्त गर्दै  विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्नका लागि सघाउ पुग्ने बताउँनु भएको छ।  कार्यक्रमको दोस्रो सत्रमा सहभागी विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना अन्र्तगत युएनडीपी, डब्लुएचओ, युनएनआईपीसी, डीआईएसईसी, युएनएचसीआर, युएन डब्लुटीओ, एसओसीएचयुएम गरी आठ समुहमा विभाजन गर्दै  यस सम्बन्धमा प्रशिक्षण दिइने बताईएको छ। त्यस्तै  जारी   सभाले काठमाडौं घोषणापत्र जारी गर्दै सभाको समापन गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।