शनिबार, बैशाख २९, २०८१

स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने

काठमाडौ  चैत १८, काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुरुप वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको congressबैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई  दृष्टिगत गर्दै काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले ७ वठै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यद्यपी आमसभाको मिति भने पछि सार्वजनिक गरिने भएको छ ।

त्यस्तै बैठकले निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तगा प्रवाहका लागि सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।  केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत र सुजाता कोइराला सदस्य रहेका छन् ।

त्यस्तै समिति सदस्यमा भुसाल, भण्डारी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसार्इं, सूर्यमान गुरुङ र रोमी गौचन थकाली रहेका छन् ।