शुक्रबार, बैशाख १४, २०८१

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काँग्रेसले गर्यो विभिन्न नितिगत निणर्य

प्रहरी प्रमुख नियुक्ति प्रकरणमा सर्वोच्चको निर्णय कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको काँग्रेसका् ठहर
स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र
आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन

काठमाडौं चैत्र १७ , काँग्रेस केन्द्रीय समिति बैठकले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी सहित १३ औँ congressमहाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तरसम्म सङ्गठन विस्तार गरी परिचालन गर्ने निर्णय गर्नुको अलावा संविधानबमोजिम राज्यको पुनःसंरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट सम्बन्धित तहमा पार्टी सङ्गठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ ।  आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी सहित त्यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठन गर्नुको अलावा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन दिने निर्णय गर्दै उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै उम्मेदवार चयनका सम्बन्धमा पार्टीले एकै निर्वाचन क्षेत्रअन्तर्गत उम्मेदवारको नाम, सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तैगरि प्रहरी प्रमुखका सम्बन्धमा सर्वोच्चको निर्णय हस्तक्षेप काँग्रेस बैठकले संविधानले संवैधानिक सर्वोच्चता, बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको ठहर गरेको छ । भने पार्टीले भूकम्पबाट प्रभावितलाई सबैलाई राहतको बाँकी किस्ता उपलब्ध गराउन तथा सरकारसँग माग गर्नुको अलावा पार्टीले गत फागुन २६ गते कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको घटनालाई दुःखद्, खेदजनक भएको जनाउ दिदै घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गरी दोषी माथि कारबाही अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

यसअघि बैठकले सभापति शेरबहादुर देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय र अशासन समितिको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ भने लेखापरीक्षण समितिको संयोजकमा केन्द्रीय सदस्य चित्रलेखा यादवलाई चयन गरिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समिति समेत गठन गरेको छ ।