शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

काठमाडौ पुस १,

राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा]को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी मङ्गलवारसम्म जारी रहने राप्रपाले जनाएको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले आजबाट सुरु हुने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डासंगै हासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूचस् रहेको जानकारी दिएका छन ।