सोमवार, बैशाख १७, २०८१

महानगरको चोक-चौराहमा मौसमी फूलका गमला

 काठमाडौं पुस १,

काठमाडौँ महानगरले शहरका मुख्य मुख्य चोक र चौराहमा मौसमी फूल रोपिएका गमला राख्ने अभियान सुरु गरेका छन । प्रस्तुत अभियानको मुख्य लक्ष्य भनेको शहरको सौन्दर्य अभिवृद्धिसंगै चोक चौराहमा हुने गरेको अव्यवस्थित पाकिङ्गको नियन्त्रण समेत रहेको बताइएकोछ ।

फूलका गमला राख्ने अभियान अन्र्तगत आज काठमाडौं महानगर अन्र्तगत वडा न १९ र २० स्थित ऐतिहासिक सम्पदा काष्ठममण्डप परिसर आसपासका क्षेत्रमा मौसमी फूल रोपिएका गमला राख्न राखिएको हो ।

वडा न १९ र २० का वडाध्यक्षद्वय राजेश श्रेष्ठ र राजेन्द्र मानन्धर , महानगरको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पदाधिकारी र स्थानीयको सहभागीतामा फुलका गमलाले शहर सुन्दर पार्ने कार्य सम्पादन भएको हो ।