शनिबार, बैशाख १५, २०८१

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं पुस २,

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। यसअघि मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको पार्टी प्रचार विभागले जनाएको छ।

आज र भोलि बस्ने सचिवालय बैठकले मुलत आसन्न राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने कार्यसूची तय गेका छन ।

साथै बैठकले सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको प्रचार विभागले जनाएको छ।