बिहिबार, बैशाख २७, २०८१

पश्चिमी वायुको आंशिक प्रभाव :  पाँच प्रदेशमा आंशिक बदली

 काठमाडौं पुस २,
मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावदेखेसंगै आज मुलुकको सात प्रदेश मध्ये केही प्रदेशमा आज आंशिक बदलीसंगै बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ।

महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सामान्यतस् सफा रहने जनाउ दिएको हो ।

त्यस्तै राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहने र तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लाग्ने जनाउादै महाशाखाले मंगलबार र बुधबारसम्मै आंशिक बदली रहने तर वर्षा र हिमपातको सम्भावना नभउको जनाएकोछ ।