बिहिबार, बैशाख २७, २०८१

प्रम प्रचण्डले भने-उपत्यकाको फोहोर र खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि सरकार गम्भीर छ

काठमाडौं पुस २,

प्रधानमन्त्री प्रचण्डले आज ललितपुर महानगरपालिकाको १०५औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उपत्यकामा उत्पादन हुने फोहोरको दिर्घकालिन समाधानका लागि पहल भइरहेको बताउनुभएको छ ।

सम्बोधनको क्रममा प्रम प्रचण्डले स्थानीय सरकार बनेपछि स्थानीय सरकारलाई जनताको सरकारका रुपमा परिभाषित गरेसंगै विकास उत्साहवर्द्धक रहेको बताउँदै ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आफु नेतृत्वको सरकारले हरसंभव पहल गरिरहेको जनाउसंगै यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको जिकिर सहित स्थानीय तहहरुको विकास निर्माणका लागि सहयोग गर्न केन्द्रीय सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएसंगै प्रम प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो ।