शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

 काठमाडौ माघ २१,

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने पार्टी सचिवालयले जनाएको छ ।