शनिबार, बैशाख १५, २०८१

मधेश प्रदेश सरकारलाई दिदै आएको समर्थन फिर्ता गर्दै जनमतले सरकार छोड्यो

काठमाडौं माघ ९,

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएको छ ।  मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले संसदीय दलको बैठकको निर्णय अनुरुप एक प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको हो ।

जनमतद्वारा जारी विज्ञप्तिमा ‘उपरोक्त सम्बन्धमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउँदछौ ।’ भनिएको छ ।

मधेसमा जसपाका नेता मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनदलको मागलाइ सम्बोधन गर्न आनाकानी गरेसंगै सिर्जितविवादका कारण जनमत सरकारबाट बाहिरिएको हो ।