बुधबार, बैशाख २६, २०८१

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति  समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं माघ ९,
आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले म माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले जापान सरकारबाट कोटेश्वर सडक सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन ९करिब ३१ अर्ब दुई करोड नेपाली रुपियाँ० बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णयसंगै राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम १ को खण्ड क बमोजिम डा असीम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।