शनिबार, बैशाख २९, २०८१

पूर्ववर्ती सरकारले गरेको नियुक्तिलाइ उल्टाए कडा आन्दोलन गर्ने काँग्रेसको चेतावनी

काठमाडौ मार्ग ४ ,काँग्रेसका पदाधिकारीसहित उपत्यकामा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यको आज पार्टीे संसदीय दल सिंहदरबारमा बसेको बैठकले एमाले अध्यक्ष केपीओली  नेतृत्वको सरकारले यस अघिको संयुक्त सरकारले सत्ता साझेदार दलहरूका सहमति र सहकार्यमा गरेका राजनीतिक नियुक्तिलाई खारेज nc flageनगर्न सरकारसँग आग्रह गरेको छ । त्यस्तै बैठकले व्यवस्थापिका–संसद्मा पेस भएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयकलाई हुबहु पारित गरिनुपर्नेमा पूर्वत अडानलाइ दोहो-याउँदै यदि अहिलेको गठबन्धन सरकारले पूर्ववर्ती सरकारले गरेको नियुक्तिलाइ उल्टाएर नयाँ नियुक्ति गरे काँग्रसले कडा आन्दोलनको उद्घोष गर्ने तयारी पनि गरेको छ ।

आजको प्रस्तुत बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र बडूले सरकार गठन भएको एक महिनाको गति र नीतिका बारेमा पदाधिकारीले आ–आफ्ना धारणा राख्नुभएको जानकारी दिदै सरकारका राम्रा कामलाई रचनात्मक सहयोग र नराम्रा कामलाई शालीन रूपमा विरोध गर्नु को अलावा सीमाङ्कन विषयमा सत्ता साझेदार दलको स्पष्ट धारणा सार्वजनिक गर्न पनि माग गरेको जानकारी दिनु भएको छ ।

साथै बैठकले सीमाङ्कन विषयमा सत्ता साझेदार दलको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको उहाँले जानकारी दिदै मधेसमा जारी आन्दोलनका नेतृत्वकर्तासंग गर्ने भनिएको उच्चतहको वार्ताको क्रममा सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रले बिना तयारी वार्तामा गरेको कारण निष्कर्षमा पुग्न नसकिएको डहर समेत गरेको उहाँले बताउँनु भएको छ। बैठकमा पार्टीका कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो बैठकमा वरिष्ठ नेता शेरवहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो