बिहिबार, बैशाख १३, २०८१

जारी मधेसको समस्या समाधान गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच कार्यगत एकताको बन्यो सहमति

सत्ताघटक दलका नेतालाइ काँग्रेसको प्रश्न राष्ट्र बैंकमा नेकपा(एमाले) सम्बद्ध कर्मचारीबाट भइरहेको धर्ना र घेराबन्दी किन ?

काठमाडौ मार्ग ५, मुलुकमा जारी मधेस आन्दोलन लगायत यावत समस्या समाधान कोलागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच कार्यगत एकता सहमति कायम बनेको छ । व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पहलमा आज भएको छलफलमा मुलत व्यवस्थापिका–संसद्मा दर्ता भएको nc-uml-flag‘संविधान संशोधन विधेयक’ र ‘पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक’लाई तत्काल पारित गरेर जाने विषयमा केन्द्रीत रहेको थियो ।

छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका अध्यक्ष प���ष्पकमल दाहालप्रचण्डले मधेसको आन्दोलन, नेपाल–भारत सीमामा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थापनमा भएको समस्याको बारेमा सवालमा सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीच साझा धारणा बनाउन सौर्हाद्रपूर्ण वातावरणमा छलफल भएको जानकारी दिनुभएको छ । त्यस्तै काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले हामीले बोलाएको बैठकमा प्रमधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिए पनि उहाँ वार्तामा नआउँनु भएको जानकारी दिदै यद्यपी मधेसी मोर्चासँगको वार्तालाई सकारात्मक बनाउन ठोस धारणा तयार गर्न दुवै पक्ष सहमत भएको जानकारी दिनु भएको छ ।

साथै उहाँले सदनमा दर्ता भएको संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक तत्काल पारित गर्न आग्रह गरेको बताउँनु भएको छ । त्यासे त आजको वार्तामा काँग्रेसको तर्फबाट पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेको व्यक्ति नै हुनुपर्ने जिकिर गर्नुको अलावा नेपाल राष्ट्र बैंकमा भइरहेको आन्दोलनले समग्र आर्थिक अवस्थामा समेत प्रतिकूल प्रभाव पारेको भन्दै नेकपा(एमाले) सम्बद्ध कर्मचारीबाट भइरहेको धर्ना र घेराबन्दीको सवालमा भन्ने प्रश्न गरेको प्राप्त समाचारमा जनाईएको छ ।

मधेसको समस्या सम्बोधन गर्न पार्टी नेतृत्वलाई मधेसबाट प्रतिनिधित्व गर्ने  काँग्रेस सांसदको दबाब

यसैवीच मधेसबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदले तराई मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि मधेसमा आन्दोलन हुँदा समस्या थपिएको, नेपाल–भारत सीमा देखिएको अवरोधका कारण दैनिक जनजीवन प्रभावितभएको भन्दै वार्ता र संवादको माध्यमबाट जारी समस्या समाधानका लागि पहल गर्न नेतृत्वलाई आज यस्तो आग्रह हो ।  त्यस्तै छलफलमा मधेसमूलका सासदहरुले गत आश्विन २० गते दर्ता गराईएको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्दै आन्दोलित मधेसीमोर्चासंग वार्ताको माध्यमबाट मुलकमा जारी समस्याको समाधान गपिरनु पर्नेमा आवाज बुलन्द गरेको बुझिएको छ ।