बिहिबार, चैत्र १५, २०८०

सरकार वार्ताप्रति गम्भीर नभएको मोर्चा बैठकको निष्कर्ष

मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरण विराटनगर सीमानाकाबाट ल्याउन दिनुको अलावा बालबालिकाको भविष्यलाई रधयान दिदै विद्यालय र क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने दिने मधेसी मोर्चाको जनाउ

काठमाडौ मार्ग ३, मधेसमा आन्दोलनरत मधेसी मोर्चाको आज बसेको बैठकले सरकार वार्ताप्रति गम्भीर नभएको भन्दै जारी आन्दोलन निर्णायक आन्दोलनको Morcha-bigeptiप्रारुपमा रुपान्तरण गर्ने नितिगत निर्णय गरेको छ ।

त्यस्तै बैठकले अव हुँने वार्तामा सरकार ठोस प्रस्तावका साथ प्रस्तुत हुँने अपेक्षा गर्दै बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरेको छ ।

 त्यस्तै बालबालिकाको भविष्यलाई विद्यालय र क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गर्दैपठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको सीमा नाका र राजमार्ग अवरोधको आन्दोलन भने जारी रहने मधेसी मोर्चाले जनाएको छ ।