बिहिबार, बैशाख २०, २०८१

किटानी जाहेरी पछि दुइ बलात्कारी परियार र पोखरेल पक्राउ

 काठमाडौं भाद्र २९, महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविनायक वडा नं २ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जीत परियार र सप्तरी बेलिपेचना गाउँपालिका– २ घर भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार परियारले १६ वर्षीया युवतीलाई कोठामै गएर बलात्कार गरेको किटानी जाहेरी र पोखरेलले आफ्नै स्टेशनरी पसलमा सामान किन्न आएकी बालिकालाई पसलभित्र लगेर १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा पक्राउ गरेको जनाएको छ ।  पीडित पक्षको तर्फबाट परेको उजुरीपछि महानगरीय प्रहरीवृत्त थिमिले परियार पोअरेललाइ लाई पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31