शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डपको मंसिर १५ गते जगको औपचारिक कार्यारम्भ गरिने

काठमाडौं भाद्र २९, २०७२ बैशाख  १२ को महाभूकम्पका कारण क्षतिग्रस्त कामपा वडा न २०स्थित काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको गतिलाइ तत्काल तिव्रता दिन  र यसअघि काठमाडौ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिवीच भएको  सहमति अनुरुपको  कार्य सम्पादनको   जानकारी एवम् समिक्षाका बैठक सम्पन्न भएको छ ।

 १२ औं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको काष्ठमण्डप पुनःनिर्माणको क्रममा मण्डपको स्वरुप, शैली र संरचना पुरातात्विक प्रारुपमा पुरातत्व विभागबाट स्वीकृत भएबमोजिमको नक्साको आधारमा हुनुपर्ने जिकिर गरिएको उक्त बैठकमा    महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुनिनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र स्थानीय वडा समितिका  वडाध्यक्ष समेतको  उपस्थिती रहेको  उक्त बैठकमा  काठमाडौ महानगरपालिकाले    काष्ठमण्डप पुननिर्माणका लागि  प्रदेश सासंद समेत रहेको  समितिका  अध्यक्ष राजेश शाक्य नेतृत्वको  पुननिर्माण  समितिलाइ  गत ज्येष्ठ  २९ गते  एक औपचारिक कार्यक्रमकावीच  पुननिर्माणका लागि  प्रारम्भिक अनुदान  रु ५० लाख उपलब्ध गराइ सकेपछिको  अवस्थामा भएको  कार्य प्रगतिको समेतको  समिक्षा गरिएको  थियो ।

समिक्षाको  क्रममा समतिका  अध्यक्ष  सासंद शाक्यले निर्माण क्षेत्रको स्थान खाली गराउने काम भइरहेको बताउँदै आगमी मंसिर १५ गते जगको काम औपचारिक कार्यारम्भ  गर्दै माघको १५ गते  भित्र पहिलो तलाका थाम उभ्याउने र २०७६ असार मसान्तभित्र पहिलो तलाको पुननिर्माण सम्पन्न गर्ने  समितिको  तयारी रहेको  बताउँनु भएको  छ ।

त्यस्तै   वैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुननिर्माणको प्राविधिक पक्ष पुननिर्माण प्राधिकरण र पुरातत्व विभागले र आर्थिक पक्ष महानगरले हेर्ने जनाउ दिदै लक्षित बजेटको सीमामा बसेर समितिले काम गर्नुपर्नेमा   जोड दिदै  कामको प्रगति लिखित रुपमा महानगरलाई प्राप्त हुनुपर्ने बताउँनु भएको  छ ।  साथै  वैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ,  राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली  र स्थानीय  वडाध्यक्षहरुले समेत जात्रा पर्व, काष्ठमण्डप र स्थानीयको सम्बन्धका विषयमा ख्याल गर्दै पुननिर्माणको कामलाइ तत्काल गति दिनुपर्नेमा  आफ्नो  मत राख्नु भएको  थियो ।

साथमा यो पनि 

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।