काठमाडौ असार २५, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज भएको दोहरो प्रहरी र विप्लव समूहबीचको दोहरो भिडन्तको क्रममा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गर्दै यसकिसिमको घटना आफैमा गम्भीर भएको उल्लेख गर्नु भएको
छ ।
त्यस्तै विज्ञप्त्मिा मुलुकका विभिन्न स्थानमा यसअघि भएका र आजको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्दै काङ्ग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गरेको छ ।
त्यस्तै संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको भएको बताउँदै । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको काङ्ग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै काङ्ग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको काङ्ग्रेसले भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न समेत सरकार सँग माग गरेको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ :
सत्तारूढ र विद्रोही दुवै नेकपालाई संयुक्त चेतावनी र अपिल
“शान्तिपुर्ण समाधानको विकल्प रोज´´ !
१, भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइपनी घटनामा मारिएका छन् । नेपाली कांग्रेसले यो दु:खद घटनालाई गम्भीरतापूर्वक लिएको छ ।
२,काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटना पश्चात् आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको छ ।
३, दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l नेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ l प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं ।
४, संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिनेे कर्तव्य सरकारको हो lहिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ ।
५, विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत छ l दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्या यो l सो घोषणा पश्चात् समस्या समाधानको संकेत देखिएन बरु चर्किन त्यसले नकारात्मक ढंगले योगदान गर्योत l नेपाली कांग्रेस निषेधको नीति त्याग गरेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको उहाँलाई स्पस्ट गर्न चाहन्छ ।
६, जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो । सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं l आजका उपलब्धिहरुको जगेर्नाका लागि गम्भीर बन्न हामी दुवै नेकपालाई अपिल गर्दछौं ।
७, सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ । जय नेपाल
विश्वप्रकाश शर्मा ,प्रवक्ता
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान