बिहिबार, बैशाख ६, २०८१

सर्वोच्चले भन्यो – विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु

काठमाडौ असार २५ , सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र भन्सारमा विषादी परीक्षणको व्यवस्था मिलाउँन न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले आज अन्तरिम आदेश जारी गरेको छ

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गर्नु भएको फरक–फरक रिट निवेदनको सुनवाइ गर्दै अदाललतले यस्तो आदेश जारी गरेको हो । साथै आगामी असार ३० गते सरोारवाला दुवै पक्षको उपस्थितीमा छलफलल गर्नका लागि बोलाउँदै छलपलबाट प्राप्त् निष्ककर्षअनुरुप आज जारी अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे थप निर्णय हुने सवोच्चले जनाएको छ ।

यसअघि सरकारले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणको निर्णय गरेपनि असार १९ गते बसेका म.प बैठकले विषादी परीक्षणबारेको निर्णय फिर्ता लिएको थियो ।

विषादी परीक्षण रोक्ने सवालमा परेको रिटमा अधिवक्ताहरु स्वागत नेपाल, नारायण प्रसाद दुवाडी, विकास भट्टराई, पुनम झा, शुभराज शिल्पकार, चन्द्रकुमारी चौलागाइ , पदमबहादुर श्रेष्ठ , दीनेशराज सत्याल समेतले बहस गर्नु भएको थियो । त्यस्तै स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट ५१ जना अधिवक्ताले बहसका लागि वकालतनामा पेश गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।