बिहिबार, बैशाख २०, २०८१

महानगर वडा न .९का कार्यालय सहयोगी खड्का विरुद्ध मुद्दा दायर

काठमाडौ असार २० अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवा ग्राहीसंग रु दश हजार घुस मागेको आरोपमा पक्राउ परेको काठमाडौ महानगरपालिका.९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।