शुक्रबार, चैत्र १६, २०८०

अराजक शक्तिले सरकार विरुद्ध जनमाजसमा भ्रम छर्न प्रोपोगण्डा फैलाए : प्रम ओली

तत्कालीन नयाँ शक्तिका नेताहरु नेकपामा, डा बाबुराम भट्टराई समेतलाइ नेकपामा प्रवेश गर्न  प्रचण्डको आग्रह

काठमाडौ असार २०,  पूर्व प्रम वावुराम भट्टराइ नेतृत्वको तत्कालीन नयाँ शक्ति पाटी आवद्ध पूर्वमन्त्री कल्पना धमलासहित नेताहरू देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपाको मुख्यालयमा आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले फूलमाला लगाएर उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालवीचको एकीकरण पछि उहाँहरु एकाकार पार्टीमा रहन नसक्ने बताउँदै नेकपामा प्रवेश गरेको हो ।

त्यस्तै पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकको प्रधानमन्त्री समेत रहेका केपी ओलीले पार्टी प्रवेश गरेकाहरूलाई पार्टीमा उचित जिम्मेवारी समेत दिइने बताउँदै असार महिना भित्रै पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने बताउँनु भएको छ ।  त्यस्तै आइफा अवार्ड कार्यक्रम मुलुकलाइ घाटा पारेर होइन नाफा हुने गरी आयोजना गर्न दिन्छौँ यदि नाफा नहुने हो भने किमार्थ आयोजना गर्न हुँदैन र दिने पनि छैनौ । तर यहाँ हल्लाको भरमा दिँदैनौ ।

उहाँले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भन्नुभयो, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावादारी विषय भएको बताउँनु भएको छ । साथै उहाँले सरकारको बढ्दो लोकप्रियताबाट अत्तालिएका अराजक शक्तिले सरकार विरुद्ध जनमासमा भ्रम छर्न यस किसिमको प्रोपोगण्डा फैलाएको बताए ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । साथै उहँले यसको लागि मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छे ‘रोहित’ सम्मका कम्युनिष्ट नेतालाई नेकपामा समाहित भई मुलुकको विकास निर्माणमा लाग्नको विल्प नभएको बताउँनु भएको छ । त्यस्तै उहाँले डा बाबुराम भट्टराई समेतलाइ नेकपामा प्रवेश गर्न आग्रह गर्दै कम्युनिष्ट हुँदै गर्दा मात्र उहाँको व्यक्तित्वमा निखार सहित उहाँको बौद्धिकताको अर्थ रहने  बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।