बिहिबार, बैशाख २०, २०८१

आइफा अवार्डसम्बन्धी कुनैपनि कार्य नर्गन सरकारलाइ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौ असार १७,  केहि दिनयता देखि चर्चाको चरमचुलीमा रहेको आइफा अवार्डसम्बन्धी चर्चाले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समेत चर्चा पाएको छ ।

समितिको आज बसेको बैठकमा प्रस्तुत विषयमा घनिभुत चर्चा भएसंगै बैठकले नेपालमा आयोजना गरिने भनेका आइफा अवार्ड नेपालको स्वाधिनता, स्वतन्त्रता र राष्ट्रिय हितविपरित भएको यसले मुलुकको छवीमा प्रतिकूल असर पार्ने निष्कर्ष सहित कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिदै प्रस्तावित उक्त कार्यक्रमको विस्तृत जानकारी समितिलाई उपलब्ध गराउँन निर्देशन दिएको छ ।

भारतीय कम्पनी बिजक्राप्ट इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्ने दिने र त्यसको आर्थिक दायित्व नेपाल सरकारले व्यहोर्न सम्झौता मस्यौदा रहेको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।