बिहिबार, बैशाख १३, २०८१

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर चार लाख घुस रकम सहित पक्राउ

काठमाडौं असार १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको पोखरा कार्यालय टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नु भएको विज्ञप्तिमा
उल्लेख गरिएको छ ।

यसैवीच आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लकडमणि कैलालीका पूर्व प्रधानाध्यापक लालकुमार झासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ मा प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ ।

आयोगले प्रधानाध्यापक लालकुमार झाविरुद्ध रु दुई लाख ५९ हजार ४८२, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहुप्रसाद डगौराले रु दुई लाख १० हजार २५२ र सोही विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पवनकुमार महत्तोले रु ६३ हजार २३० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा खेलेको आयोगले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।