सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ पूर्व स्वास्थ्यमन्त्री थापा र पूर्वप्रधानमन्त्री डा.भट्टराईवीच ट्वीट जुहारी

बिपीलाई राप्रपाले अपहरण गरेछ । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला : भट्टराई

बिपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईको जनसरकारले हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन : गगन

काठमाडौं असार १०, नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा र समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई वीच ट्वीट जुहारी चलेको छ ।

गोरखाको पालुङटार आयोजित कार्यक्रममा सहभागी बन्न पुगेका काँग्रेस नेता गगनले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा तत्कालीन नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले कांग्रेसजनको मतले चुनाव जिते, तर चुनाव जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थालेकोमा विमति प्रकट गर्दै नेता थापाले क्षमापूजा गरेर चुनावी भूलको काँग्रेसले प्रायश्चित गर्ने सवालमा दिएको अभिव्यक्ति दिनु भएको थियो ।

त्यसपछि पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका नेता डा। बाबुराम भट्टराईले काँग्रेस नेता गगनको अभिव्यक्तिको तिव्र कटाक्ष गर्दै आफ्नो ट्वीटर एकाउण्ट मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा। भट्टराईले गएराति कांग्रेसलाई सुझाव दिएका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला ।भन्ने  अभिव्यक्ति दिनु भएको थियो ।

त्यस लगत्तै काँग्रेस नेता गगनले आज डा। भट्टराईको ट्वीटको प्रतिउत्तर दिदै उनले भनेका छन्, ‘डाक्टर साब, चिन्ता नगर्नुस् । बिपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईको जनसरकारले हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न नसक्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31