बिहिबार, बैशाख २०, २०८१

सरकारको सोच शक्ति पृथकीकरणको मान्यता विपरित :अध्यक्ष थापा

राप्रपाको महाधिवेशन आगामी वर्षको जेठमा

काठमाडौ असार ८,  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गर्ने सरकारको सोच आफैमा शक्ति पृथकीकरणको मान्यता विपरित भएको भन्दै न्यायपालिकालाई स्वतन्त्र संस्थाका रूपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै उहाँले सञ्चारमाध्यमलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्न नहुनेमा जोड दिनु भएको छ ।

साथै शनिबारदेखि शुरु भएको विस्तारित बैठकको निर्ण अनुरुप पार्टीको केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने नितिगत निर्णय भएको जानकारी दिदै सरकारले संसद्मा पेश गरेको गुठी विधेयक फिर्ता मात्र नभइ पूर्णरूपमा खारेज गरी धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न माग गरेको छ ।

बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशा’सम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री भाष्कर भद्राद्वारा प्रस्तुत सचिवालयसम्बन्धी र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।