आइतवार, जेष्ठ ६, २०८१

अन्तराष्ट्रिय कल बाईपास गर्ने गिरोहको सञ्जालमा सिआइबीको छापा

पक्राउ परेका अभियुक्त उपर रु ११ अर्ब ९१ करोड बिगोसहितको माग दाबी

काठमाडौं जेठ १७, जेठ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल वाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाउने क्रमलाइ तिव्रता दिएको छ ।

यस क्रममा काठमाडौबाट खटिएको ब्यूरोको टोलीले जेठ १५ गते रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल वाइपास गर्न प्रयोग गरिने डिभाइस, केवल तार सिम पोट, भारतीय सिम सहित पक्राउ गर्दै कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।

ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा कल वाइपास प्रकरणमा दूरसंचार ऐन, २०५३ अन्तर्गत विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको र पक्राउ परेका अभियुक्त उपर रु ११ अर्ब ९१ करोड बिगोसहितको माग दाबी गरी मुद्दा चलाइएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।