शुक्रबार, चैत्र १६, २०८०

सरकारले टुटल, पठाओ यात्रुवाहक सेवालाइ नितिगत नियमनको दायरामा ल्याउँदै

काठमाडौ जेठ १८, पछिल्लो समय सवारी सहजताको पयार्य बन्दै आइरहेको टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवालाइ सरकारले नितिगत नियमनको दायरामा ल्याउँने भएको छ ।
यसअघि दुईपाङ्ग्रे यात्रुवाहक सेवा सवारीसाधनका लागि सञ्चालन,अनुमति एवम् नियमनको व्यवस्था रहेको थिएन ।

सम्वद्ध मन्त्रालयका अधिकारीका अनुसार टुटल र पठाओ यात्रुवाहक सेवाले यात्रुलाई सुविधा दिए पनि सुरक्षाको दृष्टिकोण अर्थात दुर्घटनाको क्षतिपूर्ति, यात्रुको बीमालगायतका विषयबाट निश्चिन्त हुन सक्ने अवस्था नभएको भन्दै नितिगत नियमनको परिधीभित्र प्रस्ुतुत सेवालाइ समेट्ने तयारी भइरहेको जनाएका छन ।

नेपालमा रातो नम्बर प्लेटका र दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्रु बोक्न नमिल्ने भन्दै केही समय पहिले मन्त्रालयले रोक लगाएपनि पछिल्लो समय प्रस्तुत सेवा निर्वाध रुपमा यात्रुको रोजाइको सेवामा पर्दै आएको छ। त्यस्तै प्रस्तुत सेवा बन्द गरिनु भन्दा पनि नियमन सहित सञ्चालन गर्न दिनु पर्ने बहुसख्यक यात्रुको अभिमत रहेको पाएसंगै सरकारले नियमनको लागि कानुनी दायरामा प्रस्तुत सेवालाइ समेट्न लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।