मङ्लबार, जेष्ठ १, २०८१

 संवैधानिक निकायमा सरकारको राजनैतिक हस्तक्षेपको सासंद वैद्यद्दारा  भत्सर्ना  

काठमाडौं चैत १५ , नेपाल सरकारले गत सोमवार बसेको संवैधानिक परिषद्को बैठक मार्फत निर्वाचन आयोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वहालवाला सचिव दिनेश थपलियाको सिफरिस गरेसंगै यत्रतत्र सर्वत्र विमतिका आवाज मुखरित हुन थालेको छ ।

वहालावा सचिवलाइ प्रमुख आयुक्तमा सिफरिस गर्नु भनेको आफु अनुकुलको नितिगत निर्णयको अभिष्ट मात्र नभइ लोकतान्त्रिक गणतन्त्रको मर्ममाथिको प्रहार भएको जिकिर

आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधी सकिएको भोलिपल्टै नियोजित रुपमा सरकारले संवैधानिक निकायमा राजनैतिक हस्तक्षेप सहित वहालावा सचिलाइ प्रमुख आयुक्तमा सिफारिस गर्नु भनेको संवैधानिक कानुन र लोकतान्त्रिक संसदीय राजनैतिक सिद्धान्तको मान्यता विपरित आयोगमा निजामतीकरणको प्रयास भएको भन्दै ३ न. प्रदेशका सासंद नरोत्तम बैधले सरकारको यस कदमको घोर भत्सर्ना गरेको छ ।

सासंद वैद्यले एक विज्ञप्ति जारी गर्दै निष्पक्ष निर्वाचनका लागि स्वायत्त स्वतन्त्रर सावैभौम संवैधानिक निकायको आवश्यकता रहन्छ । तर सरकाले स्वतन्त्र र निष्पक्ष निर्वाचनको अभिभारा वोकेको आयोगमा प्रत्यक्ष हस्तक्षेप गर्दै नेकपा निकट वहालावा सचिवलाइ प्रमुख आयुक्तमा सिफरिस गर्नु भनेको आफु अनुकुलको नितिगत निर्णयको अभिष्ट मात्र नभइ लोकतान्त्रिक गणतन्त्रको मर्ममाथिको प्रहार भएको जिकिर गरिएको छ ।  त्यस्तै आयोगको प्रमुख आयुक्तमा वहालवाला सचिवको सिफारिस गर्दै सरकारले कुन कानुको अभ्यास गर्न खोजेको हो त्यो  जगजाहेर रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले आफ्नो गलत मनसुवालाइ पूर्णता दिन पार्टीका संगठन सदस्य समेत रहेको वहालावा सचिव थपलियालाइ टपक्क टिपेर प्रमुख आयुक्त बनाउँन खोज्नुले अनेकन आशंको सूत्रपात गरेको उल्लेख गर्दै परिषदको प्रस्तुत सिफरिसको पुनरावलोकन हुन जरुरी रहेको जिकिर गरिएको छ ।  त्यस्तै सासंद वैद्यले सरकारको यस सिफारिसको घोरभत्सर्ना गर्दै सरकारको असंम्बैधनिक निर्णको विरोधमा आवाज मुखरित गर्न सवैमा आव्हान गर्दै सरकालाइ समेत प्रस्तुत निर्णय सच्याँउँन भनेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728