बिहिबार, बैशाख २०, २०८१

आजबाट विधिवत तेस्रो लगानी सम्मेलन शुरु हुँदै

काठमाडौं चैत १५, सरकारले आयोजना गरेको लगानी सम्मेलन आज बाट विधिवत शुरु हुँदैछ ।  ३१ खर्बभन्दा बढीका परियोजना प्रस्तुत गरेर बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने सरकारले लक्ष्य निर्धारण गरको प्रस्तुत सम्मेलनमा १२ वटा विभिन्न समझदारी पत्रमा पनि हस्ताक्षर हुने बताइएको छ ।

४० मुलुकका ६ सयभन्दा बढी प्रतिनिधिको सहभागितामा हुने सम्मेलनमा शुभारम्भ सत्रमा उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, नेपाली काँग्रेसका तर्फबाट रामशरण महत, वल्र्ड बैकका उपाध्यक्ष हार्ट्बिग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिम, मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज र इन्भेस्टमेन्ट बोर्डका सीईओ महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

त्यस्तै सम्मेलनमा लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्रा्ष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुने बताईएके छभने सम्मेलनको दोस्रो दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।