शुक्रबार, चैत्र १६, २०८०

आमाका अघि मावलाको बयान’ नगर्न प्रम ओलीलाइ काँग्रेस प्रवक्ताको सुझाव

काठमाडौं चैत १५,  प्रतिपक्षदल कांग्रेसले प्रधानमन्त्री केपी ओलीले आफ्नो दलप्रति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइअनुरूप नभएको आरोप लगाइएको छ ।

कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।

त्यस्तै प्रवक्ता शर्माद्दारा जारी विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसलाई ओरालो लागेको भन्दै ‘बिचरा’ को संज्ञा दिएका थिए । ‘एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्द्ध बिताएका जोकोहीलाई जीवनको उत्तरार्द्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिँड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न नभएको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न भन्ने काँग्रेसको अडान आफैमा निर्वाद रहेको छ । उद्यपी वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं भनिएको छ । साथै बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ ।

तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने  प्रम ओलीलाइ प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउँदै कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ । कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।