वर्षेनी बढ्दो सडक दुर्घटना निकै डरलाग्दो भएको जनाउ दिदै लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्न सासंद बस्नेतको माग
काठमाडौ माघ २९ प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिकगर्न महत्वको प्रस्तावमाथि छलफल भएको छ । काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाको प्रस्तुत गर्नु भएको सो प्रस्तावको समर्थन अर्का काङ्ग्रेसका सांसद सञ्जयकुमार गौतमले गर्नु भएको थियो । त्यस्तै प्रस्ताव प्रस्तुतकर्ता डा सङ्ग्रौलाले नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो भने समर्थक गौतमले वर्षेनी बढ्दो सडक दुर्घटना र त्यसबाट मृत्युहुनेको सङ्ख्या बढिरहेको अवस्थामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको जनाउ दिनु भएको थियो ।
त्यस्तै प्रस्तावमाथिको छलफलमा सांसद प्रेम सुवाल, टेकबहादुर बस्नेत, खगराज अधिकारी, दुर्गा पौडेल, नवराज सिलवाल, विरोध खतिवडा, मीनबहादुर विश्वकर्मा, अमरेशकुमार सिंह, रामबहादुर विष्ट, गणेशकुमार पहाडी, रामकुमारी झाक्री, देवप्रसाद तिमिल्सेना, डा सूर्यप्रसाद पाठक, प्रदीप यादव र तेजुलाल चौधरीलगायतले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस क्रममा नेकपाका सासंद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।त्यस्तै उहाँले सवारी दुर्घटनामा करिव ९० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको ससंदलाइ जानकारी गराउँदै पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्ती, भुकम्प, मुलुकमा भएको द्वन्द्व, सवारी दुर्घटना सवैसँग तुलना गर्दै सडक दुर्घटना निकै दुःख तथा डरलाग्दो भएको जनाउ दिनु भएको छ ।
धारणा अभिक्त गर्नेक्रममा सांसद बस्नेतले यात्रुहरुलाई बचाउनु हाम्रो महत्वपूर्ण दायित्व भएको बताउँदै भक्तपुरमा मात्र करिव एक हप्तामा एक जनाको मृत्यु हुने गरेको बताउँदै दैनिक रुपमा सरदर दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क रहेको जनाउ दिनु साइकल तथा सर्वसाधारण हिड्ने छुट्टै लेनको निर्माण गरी दुर्घटना न्युनिकरण गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । त्यस्तै चालकको अनुमतिपत्र वितरण प्रकृयामा भएको लापरवाही पनि सवारी दुर्घटना हुनुको अर्को कारण भएको बताउँदै त्यसलाई व्यवस्थित तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै सासंद बस्नेतले सार्वजनिक महत्वको प्रस्ताव सरकारको पक्ष वा विपक्ष भन्दा पनि आम नेपालीको पक्ष रहेको बताउँदै उहाँले पछिल्लो समय टिपरका कारण नागरिकमा उत्पन्न भएको आतंकलाई न्युनिकरण गर्ने पर्नेमा जोड दिनुभएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान