बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीबाट राजदूतत्रयलाइ सपथ

काठमाडौ माघ २५,  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृतबहादुर राई जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई शपथ दिलाउँनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त राजदूतत्रयलाई आज पद तथा गोपनीयताको शपथ गराउँनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।