शनिबार, बैशाख ८, २०८१

प्रमओलीले संसदमा भेनेजुएला प्रकरणको आधिकारिता प्रष्टयाउँनु पर्नेमा काँग्रेस सासदको माग

भेनेजुएला प्रकरणका कारण नेकपा अध्यक्षद्दयवीचको सम्बन्धमा नै चिसोपन

काठमाडौ माघ २५ , प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा वोल्दै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंदहरुले भेनेजुएला प्रकरणका सवालमा संसदलाइ प्रष्ट जवाफ दिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ । बैठकमा सत्तारुढ दल नेकपा र नेकपा नेतृत्वको सरकारले भेनेजुएलामा जारी राजनैतिक गतिरोधका सम्ब्नधमा यो वा त्यो नाममा वक्तव्यजाजी गर्दै सिङगो देशलाइ विवादको भूमरिमा ल्याउँने प्रयास भएको भन्दै संसदलाइ जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेको हो ।

त्यस्तै सांसद संग्रौलाले भेनेजुएला प्रकरणकमा नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेको केहि समयपछिनै फेरि परराष्ट्रमन्त्रालयले वित्रप्ति त्यसलगत्तै नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी गत धारणा सहितको थप विज्ञप्ति जारी गर्दै अभिव्यक्त धारणाले अन्योलता सिर्जना गरेको बताइन ।

साथै सासंदद्दयले भेनेजुएलाबारे कसले बोलेको आधिकारिक हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले संसदमा तत्काल प्रष्टिकरण दिनुपर्ने बताउँदै यो वा त्यो नाममा मित्र राष्ट्र अमेरिकालाइ चिढ्याउने नहुने बताउँनु भएको प्राप्त समाारमा उल्लेख गरिएको छ ।

स्मरण रहोस, प्रम ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा उहाँको ‘शब्द चिप्लिए’को बताउनु त्यस्तै नेपाल टेलिभिजनको एक कार्यक्रममा अध्यक्ष दाहालले भेनेजुएला प्रकरणमा प्रयोग गरेको भाषा र समय उपयुक्त नभएको टिप्पणी गरसंगै नेकपाका अध्यक्ष प्रचण्डले आफुनो विचार प्रति आफ्आफू अडिग रहेको कुनै शब्द नचिप्लिएको भन्दै प्रमको रवैयाप्रति विमति जनाएको थियो ।  जसका कारण नेकपा अध्यक्षद्दयवीचको सम्बन्धमानै चिसोपन आएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।