महासङ्घले प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको प्रेस कानूनमा प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने
काठमाडौ पुस ९, नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन फागुन ९ र १० पोखरामा हुने भएको छ ।महासङ्घका महासचिव रमेश विष्टद्दारा आज जारी प्रेस विज्ञप्तिमा महासङ्घको विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान दिएको निर्देशनसहितका मार्ग निर्देशनलाई पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति समेत गठन गरेको उल्लेख गरिएको छ ।
त्यस्तै पोखरामा सम्पन्न हुने केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको छ ।
त्यस्तै महासङ्घले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानून र विद्युतीय कारोवारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानूनी वातावरण तयार पार्न सरकारसँग माग गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको समाचारसम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय समेत गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान