सरकारले यस वर्ष बिदा कटौती सम्बन्धी निर्णय गर्दै २०७४ चैत १४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाको २.२ मा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने उल्लेख
राजधानीमा रहेर साझा पर्वको रुपमा छठ मनाउँने आम जनताद्रारा सरकारले तराई मधेशका जिल्लामा मात्र छठ पर्व मनाउने गरेको तथ्य सरकारले बुझेको हो भने राजधानीको टङकेश्वर , गौरी घाट, गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी किनार त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका क्षेत्रमा के पर्व मनाउँदै गरेको हो बुझ्न जरुरी रहेको जिकिर गर्दै मोफसलमा मात्र नभएर राजधानीमा समेत बहुसख्यक तराइ मुलका नागरिक संगै बहुसख्यक नेपालीले साझा पर्वको रुपमा स्वीकार गरिएको छठ पर्व मनाउँदै गरेको दृष्य देख्न सकिने जिकिर
काठमाडौं कार्तिक २७, सूर्य उपासनको एक विशेष पर्वका रुपमा कात्तिक शुक्ल चतुर्थी देखि विधिवत सुरु गरी चार दिनसम्म तराइ देखि राजधानीमा समेत मनाइने छठ पर्व अन्र्तगत आज साँझ अस्ताउँदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वको अवसरमा सरकारले दिइदै आएको सार्वजनिक विदा कटौती गरेसंगै राजधानीमा रहेर साझा पर्वको रुपमा छठ मनाउँने आम जनताले सरकारको धार्मिक विभेद सहितको प्रस्तुत रवैयाको आलोचना गरेका छन ।
२०४६ सालदेखि प्रत्येक वर्ष छठ पर्वको अवसरमा सरकारले दिदै आएको सार्वजनिक विदाले मुलुकको आर्थिक समृद्धिमा असर गरेको भन्ने जस्ता अनेकन परिपञ्चका साथ ८४ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवारको आस्थाको देवभूमि, तपोभूमि, बुद्ध भूमिलाई धर्मनिरपेक्ष बनाएसंगै आम नेपालीहरुको भावनामा यो वा त्यो वहानामा एक पछि अर्को गर्दै सनातनदेखि चलिआएको हाम्रो सभ्यता संस्कृति र मौलिक पहिचान र गौरवमय परम्परा वोकेको जात्रा, पर्व , चाडमाथि धावा वोल्दै आएको धार्मिक संघर्षको वातावरणलाइ स्वय सरकार आफैले मलजल गर्दै आएको र यो एक दिन विस्फोट हुने दावी समेत सम्वद्ध संघसस्थाका प्रतिनिधीहरुले गरेका छन ।
साथै उनिहरुले यदि सरकारले तराई मधेशका जिल्लामा मात्र छठ पर्व मनाउने गरेको तथ्य सरकारले बुझेको हो भने राजधानीको टङकेश्वर , गौरी घाट, गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी किनार त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका क्षेत्रमा के पर्व मनाउँदै गरेको हो बुझ्न जरुरी रहेको जिकिर गर्दै मोफसलमा मात्र नभएर राजधानीमा समेत बहुसख्यक तराइ मुलका नागरिक संगै बहुसख्यक नेपालीले साझा पर्वको रुपमा स्वीकार गरिएको छठ पर्व मनाउँदै गरेको दृष्य देख्न सकिने बताएका छन । हुन पनि आजको दिन राजधानी आसपासका क्षेत्रमा रहेको विभिन्न नदि तलाउ र घाटको अवलोकन गर्ने हो भने यत्र तत्र सर्वत्र छठ मय भएको हामी सहजै पाउँन सक्छौ । तर राज्य यस पर्व प्रति किन अनुदार भएको हो बुझ्न नसकिएको उनिहरुको जिकिर रहेको छ ।
यद्यपी गत वर्षसम्म छठको अवसरमा सार्वजनिक बिदा हुने गरेपनि सरकारले यस वर्ष बिदा कटौती सम्बन्धी निर्णय गर्दै २०७४ चैत १४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाको २.२ मा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने उल्लेख गर्दै सम्बन्धीत धर्मसंस्कृति भौगोलिक क्षेत्र र स्थानमा विशेषका लागि मात्र सार्वजनिक विदा दिइने व्यवस्था गरेको छ । यसवाट प्रष्टरुपमा राजधानीमा मनाइने छठ पर्व पर्व होइन सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानमा मनाइने पर्व मात्र छठ पर्व भएको जिकिर गर्दै राजधानी र यहाँका वर्तालुको भावनामाथि विभेद गर्दै आएको धार्मिक संघसंस्थाका प्रतिनिधीहरुको दावा रहेको छ ।
यसैवीच छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ,राष्ट्रिय दलका नेता लगायतले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानमा सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । साथै प्रम ओलीको शुभकामना सन्देशमा भने छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उहाँले छठ पर्वबाट हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटामा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान