शुक्रबार, चैत्र १६, २०८०

आज छठ पर्वको सँझिया घाट मोफसल देखि राजधानीसम्म  हर्षोल्लासका साथ  मनाइदै

फाइल फोटो

  काठमाडौं कार्तिक २७  ,आज राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै आज छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ।  आइतवार देखि सुरु भएको छठपर्व अन्तर्गत आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिने गरिन्छ ।

आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा अर्चना सहित राजधानीको टङकेश्वर , गौरी घाट, ,   गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी किनारमात्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको   भिड लाग्ने गर्दछ ।

त्यस्तै छठपवका व्रतीहरुले आज रातभरि नदी, तलाउ तथा पोखरीको  समिपमा  जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यको पूजाअर्चना सहित अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । यसअघि सोमवारका दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गरेका  थिए  ।

छठ पर्वको विषयमा पौराणिक ग्रन्थ महाभारतमा द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेसंगै पाण्डवहरुको यावत समस्या समाधान भएको आख्यान पाइन्छ भने  सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।  फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसंग उल्लेख गर्दै त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको   चर्चा उल्लेख रहेको विज्ञहरुले बताएका छन ।  समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति हुनुको अलावा मनोकामना पूरा हुनु र चर्मरोगबाछ छुटकारा पाइने पछिल्ल्लो जनविश्वास समेत रहेको पाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।