भारतमा नेपाली चेलीहरुले आत्माहत्या गर्ने क्रम बढ्दो,शर्मिलाले आत्महत्या गरेको नभइ सुनियोजित हत्या भएको दावी
देबेन्द्र केसी / बुटवल असोज २२, गुल्मी कालीगण्डकी गाँउपालिका ,वडा नम्वर ७ सेरेखोला घर भै हाल भारतको राजधानी नयाँ दिल्लीमा कार्यरत नरेश बिकको श्रीमति शर्मिला बिकले नयाँ दिल्ली नजिकै गुडगाँव,पालम बिहार ,सेक्टर २३ ए ब्लक पार्कमा सलको फेरोले पासो लगाई रहस्यमय परिस्थितिमा आत्महत्या गरेकी छिन।
गत ६ अक्टुवरका दिन राती करिव एघार बजे श्रीमान र दाजुसंग सामान्य भनाभन गरेर निस्किएकी शर्मिला बिक ७ गते बिहान डेरा नजिकैको पार्कको चार मिटर सानो रुखमा झुण्डिएको अवस्थामा फेला परेको नयाँदिल्लीबाट स्थानीय समाजसेवी टिका बहादुर कार्कीले जानकारी दिएका छन । नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय कोषाध्यक्ष समेत रहेका कार्कीले घटना बारे जानकारी दिदै भने पाँच फुट भन्दा अग्ली रहेकी मृतक बिक चार फुटको सानो रुखमा कसरी झुण्डिईन ? यो आत्महत्या होईन सुनियोजित हत्या भएको बताए ।
त्यसो त १३ बर्षिय छोरा र १० बर्षिय छोरी रहेकी मृतक बिकको आत्महत्या बारे नयाँदिल्लीका अहिलेबिभिन्न संघ संस्थाले छानविनको माग सहित बिरोध गर्ने क्रम सुरु भएको छ। यसैक्रममा नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रतिनिधि बाबु रोका मगर ,नेपाली देशभक्त आवाज का अध्यक्ष हरि रोका ,अखिल भारत नेपाली एकता समाजका ओम बहादुर खत्री र स्थानिय समाजसेवी बिपना शाहिले घटना रहस्यमयी भएको भन्दै थप अनुसंधानको माग गरेका छन । तर मृतकका श्रीमानले भने आफै झुण्डिएको प्रतिकृया दिदै शव बुझेर दाहसंस्कार गर्नुले घटनालाइ थप रहस्यमयी बनाएको बताइएको छ ।
बिक आत्माहत्या प्रकरणमा नयाँदिल्लीस्थित सहकर्मी मुकुन्द पौडेलका अनुसार घटना सामान्य परिस्थितिमा गरिएको आत्महत्या जस्तै देखिएको भएपनि पोस्टमार्टम रिपोर्ट पछिमात्र केहि बताउँन सक्ने उल्लेख गरेका छन । त्यसो त पालम प्रहरी चौकीका ईन्चार्जले समेत रिपोर्टपछि थप कारवाही गरिने प्रतिवद्धता व्यक्त गरेको जनाएका छन । स्मरण रहोस दाम,काम र मामको खोजीमा भारतका महानगरमा पुग्ने नेपाली युवायुवतीमा पछिल्लो पटक आत्महत्या गर्ने प्रबृति बढ्दो छ र अहिले सम्म चार जना गुल्मेलीले नयाँदिल्लीमा आत्महत्या गरिसकेका छन।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान