बिहिबार, चैत्र १५, २०८०

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारितभएसंगै जारी उमेर हदको विवाद अन्त्य, १२औँ महाधिवेशन गर्ने मार्ग खुल्यो

काङ्ग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने 

संघका महामन्त्री कुन्दनराज काफलेले त नेवि संघमा उमेर हद लगाउने हो भने पार्टीभित्र पनि उमेरको हद कायम गर्नुपर्ने बताएका छन । साथै महामन्त्री काफ्लेले पार्टीभित्र रोगी, वृद्ध, अशक्त व्यक्ति पनि नेता बन्न हुने तर संघमा उमेरको हटबन्दी लगाउँने भन्दै आक्रोस व्यक्त

 काठमाडौ असोज २२,  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा जारी उमेर हदको विवादको निरुपण भइर्सगै सङ्घको १२औँ महाधिवेशन गर्ने मार्ग प्रसस्त भएको छ ।आइतबार सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरे पछि नेविसङ्घ जारी उमेर हदको विवाद अन्त्य भए पनि प्रस्तुत प्रस्तावका कारण पार्टी भित्र मौलाउँदै गरेको गुटगट राजनिती झनै चर्किने जनाउ सहित संघका महामन्त्री कुन्दनराज काफलेले त नेवि संघमा उमेर हद लगाउने हो भने पार्टीभित्र पनि उमेरको हद कायम गर्नुपर्ने बताएका छन । साथै महामन्त्री काफ्लेले पार्टीभित्र रोगी, वृद्ध, अशक्त व्यक्ति पनि नेता बन्न हुने तर संघमा उमेरको हटबन्दी लगाउँने भन्दै आक्रोस व्यक्त गर्दै उमेर हटबन्दी  मान्य नहुने बताए ।

त्यस्तै बैठकले गरेका नितिगत निर्णयको जानकारी दिदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हदको सवालमा कार्यान्वयन गर्नु पर्ने र कार्यान्वयन गर्न नहुने तर्क सहितको बहस भएको जनाउ दिन्’ भएको छ । त्यस्तै बैठकमा प्रस्तुत प्रस्ताव उपर वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले असहमति जनाएसंगै यस विषयमा असोज २५ गते बस्ने बैठकले नितिगत निर्णय गरिने बताए ।

त्यस्तै प्रवक्ता शर्माले बैठक नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुङ्गोमा पु¥याई दोषीलाई कानूनी कारवाही गर्न र मुलुकभर बढ्दो महिला हिंसा र बलात्कारका घटना प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गर्दै चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा काङ्ग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।