बिहिबार, बैशाख २०, २०८१

बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 काठमाडौ असोज १७, सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार दायर रिट निवेदनको सुनवाइ गर्दै  अदालतले यस्तो आदेश जारी गरेको हो ।

गत बैशाख १२ २०७२को महाभूकम्पका कारण क्षतिग्रस्त भएको भनिएको  ऐतिहासिक बागदरबार भत्काउँदै पुर्ननिमार्ण गर्ने भन्दै महानगरपालिकाले पुरातत्व विभागबाट समेत दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न स्वीकृति पाएसंगै परेको रिन निवेदन अदालतको आदेश पछि महागरपालिकाले निर्णय अलपत्रमा परेको छ ।

सर्वोच्चद्दारा जारी आदेशमा प्रस्तुत मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न र आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।