सोमवार, जेष्ठ ७, २०८१

अवैधरुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित आलम पक्राउ

 नक्कली पेस्तोल सहित पक्राउ  भक्तपुरका  केसी र थापामगर पक्राउ

काठमाडौ साउन २२,  महानगरीय प्रहरी परिसर काठमाडौले अवैधरुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धानको क्रममा निजलाइ पक्राउ गरिएको जनाएको छ ।

 प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा औठी बरामद गरेको  जनाउँदै बरामद सुनको बजार मूल्य रु २१ लाख ९४ हजार रहेको जनाउँदै पक्राउ परेका अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसैवीच महानगरीय प्रहरी परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले लागुऔषध, नक्कली पेस्तोल सहित पक्राउ परेका भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आज सार्वजनिक गरेको छ ।  प्रहरीका अनुसार पक्राउ अभियुक्तसंग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान बरामद गरिएको जनाउँदै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।