सोमवार, बैशाख ३१, २०८१

ट्राफिक कारबाहीको क्रममा २९ करोडभन्दा बढी राजश्व संकलन

  काठमाडौ साउन ६ ,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मापसे गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्ने क्रममा आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको जनाएको छ ।

महाशाखाका अनुसार उक्त राजश्व माथि उल्लेखित विविध प्रकरण अन्र्तगतका उपत्यकामा दर्ता रहेका ११ लाख सवारी मध्ये सञ्चालन हुँदै आएका ४ लाख ७१ हजार ९६८ सवारीसाधनलाइ कारबाहीवापतप्राप्त भएको जनाउँदै महाशाखाले यसअघिपनि आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख राजश्व संकलन गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Publish on: Jul 22, 2018 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु