काठमाडौं फागुन २, आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे आजको दिन लाई प्रणय दिवसको एकआपसमा मायाप्रेम साटासाट गरेर यो अझ भनौ खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई मनाउँने गरिन्छ ।
यसरी सुरु भयो भ्यालेन्टाइन्स डे ? इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा तत्कलिन राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको दिईएको र उनकै सम्झनामा प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउने परम्परका सुरुवात भएको हो।
जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे ।
शासकहरु क्रुर हुन्छन र उनीहरु आफ्नो फाइदाको लागि जस्तोसुकै कार्य गर्न पनि पछी पर्दैनन् । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन । न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध गर्ने कसले रु यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । भ्यालेन्टाइनको समर्थकहरु पनि मानवता प्रेमी, कर्मठ युवा युवतीहरुको संख्या पनि व्यापक थियो । किनकि उनको शिक्षा प्रेम र भाइचारासंग सम्बन्धित थियो । उनि प्रेमलाई पुजाको रुपमा हेर्दथे ।
तर राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबैलाई सैनिकमा भर्ति हुन र विवाह र प्रेम गर्न नै प्रतिबन्ध लागेपछि कयौं युवाहरु घरभित्र नै लुकेर बस्न बाध्य भए । यस्तोमा प्रेमका पुजारी भ्यालेन्टाइनले भने यसको बिरुद्धमा जाने निर्णय गरे । उनले राजाको बिरोध गर्ने विचार गरे उनको नजरमा प्रेम र विवाह भनेको पवित्र बन्धन थियो । जसलाई निषेध गर्नु उनको दृष्टिकोणमा गलत थियो । यसैले भ्यालेन्टाइनले गुप्त रुपमा प्रेमी जोडीहरुको विवाह गराईदिन थाले । उनले राजाको कदमको बिरोध स्वरूप यस्तो विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए । यस्तो विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन ।
राम्रो काम गर्नेको मित्रसंगै शत्रु पनि बढ्छन । उनमा पनि यहि कुरा लागु भयो । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाए । तर भ्यालेन्टाइन अलिकति पनि डगमगाएनन किनकि उनको नजरमा उनले गल्ति वा पाप गरेकै थिएनन । उनले त केवल दुइ आत्माको मिलनमा सहयोग गरेका थिए ।
क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउंथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन । त्यसैले फेब्रुअरी १४लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डेको रुपमा मनाउन थालिएको हो । हो नेपालमा पनि रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाईरहेका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान