बिहिबार, बैशाख २०, २०८१

यस्तो छ सरकारले प्रस्ताव गरेको७प्रदेशकोअस्थायी केन्द्र

  • प्रदेश नंं १ को विराटनगर
  • प्रदेश नंं २ को जनकपुर
  • प्रदेश नंं ३ को भक्तपुरको ठिमी
  • प्रदेश नंं ४ को पोखरा
  • प्रदेश नंं ५ को दाङ
  • प्रदेश नंं ६ को सुर्खेत 
  •  प्रदेश नंं ७ को धनगढी

 काठमाडौ पुस १९, सरकारले आगामी माघ २५ गतेकालागि राष्ट्रियसभाको निर्वाचन गराउँने तयारी गरेसंगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी खाका तयार पारेको छ ।  स्थलगत अध्ययन तथा भौतिक पूर्वाधारको उपलब्धतालाइ दृष्टिगत गर्दै मन्त्रालय सम्वद्ध स्रोतका अनुसार क्रमस प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढीलाइ अस्थायी केन्द्र तोक्न मनासिव रहेको प्रस्ताव तयार पारेको जनाएको छ ।

त्यस्तै प्रस्तुत प्रस्ताव विहिवार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश गरिने जनाउँदै मन्त्रिपरिषद्को बैठक पछि हुने नितिगत निर्णय पछि प्रस्तावले पूर्णता पाउँने जनाउदै मन्त्रालयले संवैधानिक रूपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले यसरी तोकिएको केन्द्रलाइ हेरफेर गर्दै अरु केन्द्रलाइ समेत सेन्टर बनाउँन सक्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।