मङ्लबार, बैशाख ११, २०८१

 सर्वोच्चद्दारा सासंद श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

 काठमाडौ पुस १९,  सर्वोच्च अदालतका न्यायाधीशद्दय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ ।   मंगलवार काठमाडौं क्षेत्र न ८. मा  नेकपा एमालेको तर्फबाट प्रतिनिधीसभाका लागि सासंद समेत रहेका जीवनराम श्रेष्ठले आफु नेतृत्वको ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय जगतको समेत मान्यता प्राप्त गरेको जिकिर सहित प्रस्तुत कमिटिलाइनै राष्ट्रिय मान्यता दिन माग गर्दै दायर रिटको सुनवाएको क्रममा सर्वोच्चले रिट निवेदकको माग दावीलाइ अस्वीकार  गरेको हो ।

पटकपटक श्रृखलागत रुपमा विवादस्पद बन्दै आएको ओलम्पिक कमिटीको यसअघिनै रुक्मशम्शेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटी बैधानिक रहेको निष्कर्ष सहित अदालतले आफ्नो निर्णय दिएपछि सोको विरुद्धमा सासंद श्रेष्ठले आफ्नो नेतृत्वको बैधानिकताका लागि अदालतमा रिट दायर गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।